गौशाला क्षेत्रका घरटहरामा काठमाडौं महानगरले चलायो डोजर

मूलखबर संवाददाता
काठमाडौं

गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा काठमाडौं महानगरपालिका भत्काउन सुरु गरेको छ।

आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर चलाएको हो। महानगरका प्रवक्ता नवीन मानन्धरले अतिक्रमण गरी बनेका घरटहरा भत्काइएको जानकारी दिनु भयो ।
मानन्धरकाअनुसार महानगरले यसअघि नै सूचना जारी गरेर अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउने जानकारी दिएको थियो।

महानगरले अतिक्रमण गरेर बनाइएका घरटहरा आफै भत्काउन १० दिनअघि नै सुचना टास गरेको थियो । अतिक्रमण गरेका घरटहरा हटाएको नपाइएपछि महानगरले आइतबार हटाउन सुरु गरेको हो ।