कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार, कुन मन्त्रालयमा को मन्त्री ?

मूलखबर संवाददाता
काठमाडौं

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित आज सरकार बिस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ पछि मन्त्रालयको बाडफाड गरिएको छ ।

विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं रहने जनाईएको छ ।

दुई राज्यमन्त्रीहरु सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगड पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।