न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा खड्का नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, ३ जेठ

सरकारले न्युनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा पत्रकार संगिता खड्कालाई नियुक्त गरेको छ ।

बिहिवार बसेकाे मन्त्रिपरिषद बैठकले खड्कालाई अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा दाेस्राे कार्यकालकाे लागि नियुक्त गरेको हाे ।

बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा श्री प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू :

संवत २०८१ साल जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने ।
२. नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री लोकनाथ पौडेललाई बढुवा गर्ने ।
३. नेपाल कृषि वन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने ।
४. नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा श्री प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने ।
५. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा श्री संगिता खड्का (काठमाडौं)लाई नियुक्त गर्ने ।