यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
क्रिकेटर सन्दीपले सफाई पाउँदा सामाजिक सञ्जालमा बधाईकाे ओइराे, गाैशाला २६ काे चिन्ता. मूलखबर संवाददाता काठमाडौं, ३ जेठ नेपाल चिनाउने चर्चित क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई दोषी सावित गर्दै ८ वर्षको फैसला सुनाएकोमा सो फैसला उच्च अदालत पाटनले बुधबार साे फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हाे ।. उनका तर्फबाट वरिष्ठ कानुनविद अधिवक्ता रमण श्रेष्ठ र रामनारायण विडारीसहितका अधिवक्ताहरूकाे बहसपछि उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिने फैसला गरेको हाे । साे मुद्वामा लगातार दुई दिन भएको सुनुवाईपछि बुधबार अन्तिम फैसला गर्दै सन्दीपलाई निर्दोष सावित गरिएको हो ।. यसअघि जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते लामिछानेलाई एक किशोरीमाथि बलात्कार अभियोग पुष्टि गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । तर उनलाई तत्काल जेल जान नपर्ने र उच्च अदालतमा पुनरावेदन गर्नसक्ने सुविधा दिइएको थियो ।. उच्च अदालतले उनको पक्षमा फैसला गरेसँगै लामिछानेका समर्थकहरुले देशभर खुसीयाली मनाएका छन् । प्रतिष्ठित क्रिकेट खेलाडीले न्याय पाएकाे भन्दै नेता, अभिनेता, सांसाद र जनताको तर्फबाट सामाजिक सञ्जालबाट समेत लामिछानेलाई बधाई दिइरहेका छन् भने कतिपयले गाैशाला २६ लाई अन्याय भएको भन्दै फैसलाकाे आलोचना समेत गरेका छन् ।.
क्रिकेटर सन्दीपले सफाई पाउँदा सामाजिक सञ्जालमा बधाईकाे ओइराे, गाैशाला २६ काे चिन्ता
मूलखबर संवाददाता
काठमाडौं, ३ जेठ
नेपाल चिनाउने चर्चित क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई दोषी सावित गर्दै ८ वर्षको फैसला सुनाएकोमा सो फैसला उच्च अदालत पाटनले बुधबार साे फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हाे ।
उनका तर्फबाट वरिष्ठ कानुनविद अधिवक्ता रमण श्रेष्ठ र रामनारायण विडारीसहितका अधिवक्ताहरूकाे बहसपछि उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिने फैसला गरेको हाे । साे मुद्वामा लगातार दुई दिन भएको सुनुवाईपछि बुधबार अन्तिम फैसला गर्दै सन्दीपलाई निर्दोष सावित गरिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते लामिछानेलाई एक किशोरीमाथि बलात्कार अभियोग पुष्टि गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । तर उनलाई तत्काल जेल जान नपर्ने र उच्च अदालतमा पुनरावेदन गर्नसक्ने सुविधा दिइएको थियो ।
उच्च अदालतले उनको पक्षमा फैसला गरेसँगै लामिछानेका समर्थकहरुले देशभर खुसीयाली मनाएका छन् । प्रतिष्ठित क्रिकेट खेलाडीले न्याय पाएकाे भन्दै नेता, अभिनेता, सांसाद र जनताको तर्फबाट सामाजिक सञ्जालबाट समेत लामिछानेलाई बधाई दिइरहेका छन् भने कतिपयले गाैशाला २६ लाई अन्याय भएको भन्दै फैसलाकाे आलोचना समेत गरेका छन् ।