सरकारी सेवामा टाइम कार्ड लागु गरिने

मूलखबर संवाददाता
काठमाडौं

सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी सेवामा टाइम कार्ड लागु गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि टाइम कार्ड लागू गर्ने बताउनुभयो । नागरिकले सेवा प्रदान गर्दा हुने झन्झट समाधान गर्नका लागि यो व्यवस्था गर्न लागिएको हो ।