
यस्तो छ संसद्को कार्यतालिका
आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।
दिउँसो ३ बजे सुरु हुने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल गरिने छ । त्यसपछि १२ः३० बजे सभामुखको कार्यकक्ष संसद् भवनमा प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्नुहुनेछ ।
दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक, शङ्कर हल, नयाँ बानेश्वरमा बस्नेछ । दिउँसो ३ बजे संयुक्त सदनको बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक सुरु हुने सचिवालयले जनाएको छ ।
