
जेठ १ गते राष्ट्रपतिले संसदमा सम्वाेधन गर्ने, सांसदलाई ओैपचारिक ड्रेस अनिवार्य
जेठ १ गते राष्ट्रपतिले संसदमा सम्वाेधन गर्ने भएका छन् । उक्त दिन सांसदलाई ओैपचारिक पाेशाक अनिवार्य गरिएको छ ।
संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै २०८१ साल जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गरेका हुन् । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने कार्यतालिका छ ।
सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मंगलबार ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा संघीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ ।
सबै सांसदलाई उक्त दिन २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भईसक्न सचिवालयले सुचना गरेको छ।
