
जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने सरकारको तयारी
सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ।
‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिज्यूले दिएको समयअनुसार आउने १ गते अपराह्न ३ बजे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन्छ।’ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ।
