
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् । कार्कीलाई आजै शपथ खुवाउने तयारी गरिएको छ ।
