
आशावादी बजेट बनाउँछौं : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि आशावादी बजेट बनाउने बताउनु भयो ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रि-बजेट छलफलमा उहाँले यस्ते बताउनु भयो ।
बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ उहाँले भन्नुभयो।
लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उहाँले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताउनु भयो ।
