प्रधानमन्त्री प्रचण्डले वीर अस्पतालमा गरे दाँतको उपचार

मूलखबर संवाददाता
काठमाडौँ, २६ वैशाख।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दाँतको उपचार नेपालको पहिलो सरकारी अस्पताल वीर अस्पतालमा गर्नुभएको छ । दाँतको परीक्षणका लागि बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा पुग्नुभएको थियो।

बुधबार बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री प्रचण्ड दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको थियो। दाँत दुखाईकै बीच सुनकोशी मरीण डाइभर्सनको सुरङ ब्रेक थ्रु कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किएपछि अस्पताल पुग्नुभएको हो ।

डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरेको थियो ।
सरकारी अस्पतालप्रति जनताको धारणा सकारात्मक बन्न नसकेको बेला प्रधानमन्त्री प्रचण्डले वीर अस्पतालमा उपचार गर्दा यसले सकारातमक धारणा बनाउन मद्धत गर्नेछ ।