
शीर्ष नेताको बैठक निष्कर्षविहीन
सभामुखले बोलाउनु भयो शीर्ष नेताको बैठक निष्कर्षविहीन टुंगिएको छ ।
सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको जनाएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको र संसदीय छानबिन समिति बनाउनु पर्नेकुरामा जोड दिएको प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।
