यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
मातातीर्थ मन्दिरमा मेला सुरु. मूलखबर संवाददाता काठमाडौं प्रत्येक वर्षझै वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने दिन मातातिर्थ औँसीको अवसरमा मातातीर्थ मन्दिरमा मेला सुरु भएको छ ।. चन्द्रागिरिस्थित मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मेलासरु सुरु भएको बताउनुभयो । मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।. सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।. दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । भक्तजनहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।.
मातातीर्थ मन्दिरमा मेला सुरु
मूलखबर संवाददाता
काठमाडौं
प्रत्येक वर्षझै वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने दिन मातातिर्थ औँसीको अवसरमा मातातीर्थ मन्दिरमा मेला सुरु भएको छ ।
चन्द्रागिरिस्थित मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मेलासरु सुरु भएको बताउनुभयो । मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।
दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो ।
भक्तजनहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।