चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला

मूलखबर संवाददाता
काठमाडौं

चितवन राष्ट्रिय निकुञ्जभित्र मङ्गलबार बाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ र पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार भाले गैँडा मृत अवस्थामा भेटिएको छ । यसको खाग खुर सुरक्षित भेटिएको पनि उहाँले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पशुचिकित्सकसहित टोली जाँदै छ ।