
ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा
हुन्डी कारोबारको आशंकामा ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ ।
चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको हो । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरेका छन् ।
‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो । हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
