
अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्वाचनको आयोग निर्णय
अन्तत निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुटाएर ७ जना सांसदसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको लािग निवेदन दिएका अशोक राईलार्य मान्यता दिँदै आयोगले नयाँ दल दर्ता गराएको हो ।
उपेन्द्रको पार्टीबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो ।
नयाँ दलको नाम जनता समाजवादी पार्टी रहेको छ ।
