किर्तीपुरमा बस दुर्घटना, त्रिविका प्राध्यापककाे निधन

मूलखबर संवाददाता
काठमाडौं, २३ बैसाख २०८१

कीर्तिपुरमा भएको बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापककाे मृत्यु भएको छ ।  मुत्यु हुने व्यक्ति त्रिभुवन विश्वद्यिालय (त्रिवि)का प्राध्यापक रहेको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुने प्राध्यापक ४२ वर्षीय प्रा.डा.गोविन्द रिजाल रहेका छन् । उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपाखेरीका एसएसपी दीनेशराज मैनालीले बताए ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस आइतबार कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटनामा परेको थियाे ।

दुर्घटनामा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकै बमिला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश धमला घाइते भएका छन् । उनीहरूकाे उपचार भइरहेको प्रहरीले बताएको छ ।