
अन्ततः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासकाे मत
अन्तत: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार साँझ मुख्यमन्त्री अधिकारीले ३० सांसदकाे मतसहित विश्वासकाे मत प्राप्त गरेका हुन् ।
गण्डकी प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा अधिकारीको पक्षमा ३० मत खसेको हो।
विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७ सांसदकाे मत परेको थियाे । राप्रपाका दुई जना तटस्थ बसेका छन्। मतदानमा ५९ जना सांसद सहभागी थिए।
