जनता समाजवादी पार्टी फुट्याे, ७ सांसदसहित अशाेक राइले आयाेगमा दिए निवेदन
जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । सात सांसद सहित अशाेक राईले पार्टी फुटाएका हुन् ।
जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।
राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।
