नेपाल आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा

मूलखबर संवाददाता
काठमाडौं

जापानका विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाली भ्रमणमा आउनु भएको हो । उहाँलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

एयरपोर्टमा उनी सिधै होटल लागेका छन् । २ः३० बजे दरवार स्क्वायरको भ्रमण गर्नेछिन् भने तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठसँग योको को दुई पक्षीय वार्ता हुने बताइएको छ ।

३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने डिनरमा विदेश मन्त्री कामीकावाका सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जपनिज पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उनी राती १० बजे जापान फर्किने कार्यक्रम रहेको बताइएको छ ।

नेपाल र जापान बिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्रीहरूको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेश मन्त्रीको कामीकावाको पहिलो नेपाल भ्रमण हो ।