
बैसाख २८ बाट संसदकाे अधिवेशन आह्वान
संसदकाे बजेट अधिवेशनकाे रूपमा चिनिने वर्खे अधिवेशन बैसाख २८ देखि शुरू हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
बिहीबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन डाक्नुभएकाे हाे ।
राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी अधिवेशन आह्वान गर्नुभएको सचिवालयले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
