प्रधानमन्त्रीद्वारा पुर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयकाे उपकुलपति नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, १८ बैसाख

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ। उहाँहरूलाई सोही मेरिटोक्रेसी अनुसार नै नियुक्त गरिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।