जनसाँस्कृतिक महासंघ वागमती प्रदेशकाे सम्मेलन सम्पन्न, विश्व दाेङकाे अध्यक्षतामा समिति चयन

मूलखबर संवाददाता
काठमाडौं, १८ बैसाख

जनसाँस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रकाे मुख्यालय पेरिसडाँडामा साेमबार सम्पन्न सम्मेलनले जनकलाकार विश्व दाेङकाे अध्यक्षतामा ५५ सदस्यीय वागमती प्रदेश समिति चयन गरेको छ ।

दाेङ दाेस्राे कार्यकालकाे लागि चयन भएका हुन् । समितिकाे उपाध्यक्षमा पुजा श्रेष्ठ र चम्पा लामा चयन भएका छन् भने सचिवमा काजिमान थिङ चयन भएका छन् । सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका महासंघको वागमती प्रदेश इन्चार्ज विमला केसीले बताईन् ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा वागमती प्रदेश इन्चार्ज अग्नीप्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा बागमती प्रदेश अन्तरगतका १३ वटै जिल्लाका प्रतिनिधि र परिवेक्षकहरु सहभागी रहेका थिए ।

सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्वाेधन गर्दै सापकोटाले जनसांस्कृतिक महासंघको भुमिका जनयुद्धदेखि अहिलेसम्म उत्तिकै महत्त्वपूर्ण र अग्रभागमा रहेकाे बताउनुभयो ।

सम्मेलनमा विशेष अतिथि पार्टीका केन्द्रिय सदस्य एवं महासंघका इन्चार्ज इश्वर चन्द्र ज्ञवाली, पार्टीका वागमती प्रदेश अध्यक्ष सरल सहयात्री, अतिथि पार्टीका वागमती प्रदेश निर्वाचन आयोगका प्रमुख गोविन्द बहादुर बाटाला, अतिथि महासंघ केन्द्रिय कार्यबाहक अध्यक्ष भिम कुमाखीलगायत रहेका थिए ।

सम्मेलनमा जनकलाकार, लेखक, ललितकला, चलचित्र , नाट्यलगायत सबै अङ्गिक संगठनका पदाधिकारी र सदस्यहरू पनि निर्वाचित गरिएको छ ।

जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समिति :
१. अध्यक्ष – विश्व दोङ
२.उपाध्यक्ष – पुजा श्रेष्ठ
३. उपाध्यक्ष – चम्पा लामा
४. सचिव – काजीमान थिङ
५. सह-सचिव – शुसिला खड्का
६. सह- सचिव – मनोज बल
७. कोषाध्यक्ष – कमला दोङ
८. सदस्य – निर्मल मोक्तान
९. ” – छिरिङ तामाङ
१०. ” – रिजन थिङ लामा
११. ” – रादिप सुनुवार
१२. ” – शिव हरि फुयाँल
१३. ” – विजय दोङ
१४. ” – शारदा पौडेल
१५. ” – हेमन्त रुम्बा
१६. ” – विराज थपालिया
१७. ” – उमेश कुमार कँडेल
१८. ” – इश्वर सापकोटा
१९. ” – राम भक्त कार्मचार्य
२०. ” – अष्टमान महर्जन
२१. ” – रोहित लामा
२२. ” – कुमार स्याङ्बा
२३. ” – विजय लामा
२४. ” – प्यारो तामाङ
२५. ” – सुदिन दोङ
२६. ” – माधव थापा
२७. ” – मिङमा लामा
२८. ” – कुमार लामा
२९. ” – नारायण देवकोटा
३०. ” – अमृत लामा
३१. ” – अभिषेक मोक्तान
३२. ” – धन बहादुर खड्का
३३. ” – हिरोज लोप्चन
३४. ” – ज्ञानु श्रेष्ठ
३५. ” – राविन्द्र थिङ
३६. ” – वासु तामाङ
३७. ” – प्रदीप अधिकारी
३८. ” – रेशम विश्वकर्मा
३९. ” – शरण थामी
४०. ” – आइते तामाङ
४१. ” – नवीन किसोर महर
४२. ” – असिमा लामा
४३. ” – चेतन लामा
४४. ” – दिनेश्वर महत्तो
४५. ” – तुल्सी भक्त सुवाल
४६. ” – राजेश मग्राती
४७. ” – प्रबिन्स मोक्तान
४८. ” – दिनेश लामा
४९. ” – ज्ञान कृष्ण श्रेष्ठ
५०. ” – दिपक लामा
५१. ” – निर्मला थिङ