
बझाङमा एमालेका भण्डारी विजयी
बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।
उहाँले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी हुनुभएको हो । भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।
यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गर्नुभएको छ । भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ता तथा शुभेच्छुकले विजयी उत्सव मनाउन सुरु गरेका छन् ।
