
बझाङ प्रदेश सभामा कांग्रेस एमाले अघिपछि, अरूकाे अवस्था कस्ताे ?
सुदुरपश्चिम प्रदेश अन्तरगत बझाङकाे प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन्।
सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए। अहिले भने उनी कांग्रेसका सिंह भन्दा २६४ मतले पछि परेका छन्।
अहिलेसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गापा, थलारा गाउँपालिका ९ र सुर्मा गाउँपालिको मत गणना भएको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले सात हजार ४ सय ९२ मत ल्याएका छन्। उनलाई एमाले उम्मेदवार भण्डारीले सात हजार २ सय २८ मत प्राप्त गरेर पछ्याइरहेका छन्।
त्यस्तै, माओवादीका जनकबहादुर बुढाले २ हजार ८ सय १५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १ सय २ मत पाएका छन्।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।
अब तल्कोट, साइपाल र मष्टा गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। मष्टाको मतगणना सुरू भएको छ। शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए।
