इलाम २ मा पुरानै दलबीच प्रतिस्पर्धा, सुहाङ २ हजार मतले अगाडि, रास्वपा चाैंथाे

मूलखबर संवाददाता
काठमाडौं, १७ बैसाख

अत्यन्तै चर्चामा रहेकाे इलाम २ काे संघिय निर्वाचनकाे जारी मतगणनाकाे नतिजाप्रति आम चासाे देखिन्छ । इलाममा पुरानै राजनीतिक दलहरू प्रतिस्पर्धामा देखिएका छन् ।

इलाममा जारी इलाम- २ को मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार २८२ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राख्नु भएको छ । नेम्वाङले अहिले सम्ममा ७ हजार ६७७ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत, रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले एक हजार १६२ मत प्राप्त गर्नुभएको छ ।

यो मत परिणाम फाकफोकथुम र चुलाचुली गाउँपालिकाको पाँच वटा वडाको हो । अब चुलाचुलीको बाँकी ६ नम्बर वडाको मत गणना जारी छ । अहिले सम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ ।

चुलाचुली ४ पछिको अपडेट
सुर्य( सुहाङ्ग):७६७६
रुख( डम्बर):५३९५
मुढा(डकेन्द्र): ४०५८
घण्टी (मिलन): ११६२

चुलाचुलि ४
सुर्य: ६४४
रुख: २८६
मुढा: ५४५
घण्टी: ६०