
राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ, वैशाख १६
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो ।
संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
