
आइपिओ निस्कासन अनिश्चित, के गर्दैछ बाेर्ड ?
नेपाल धितोपत्र बोर्डमा दर्ता भएर सार्वजनिक निष्कासन (आइपिओ) अनुमतिको पर्खाइमा रहेका कम्पनीको संख्या ३४ पुगेको छ । ६ महिनादेखि रोकिएको आइपिओ निस्कासन कहिले खुल्ने हो टुंगो छैन । तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुसमा सकिएपछि कुनै पनि कम्पनीले आइपिओको स्वीकृति पाएको छैन । चैतको पहिलो साताबाट निमित्त अध्यक्षको जिम्मा हालका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिइएको थियो । सो समयमा अधिकारीलाई आइपिओ निष्कासनको अनुमति दिन अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका थिए । तर, उनले आइपिओ निष्कासनको अनुमति दिएनन् ।
विशेष गरी, प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेका कम्पनीको विषयमा छानबिन भइरहेको छ । अंकित मूल्यमै आएका कतिपय कम्पनीको वित्तीय विवरण पनि कमजोर भएको भन्दै आलोचना भइरहेको खबर नयाँ पत्रिकामा छ ।
