कतारी अमिरकाे स्वागतार्थ बैसाख ११ गते सार्वजनिक विदा दिने मन्त्रिपरिषद् निर्णय, अरू के के भए ?

मूलखबर संवाददाता
काठमाडौं, १० बैसाख

सरकारले भाेली बैसाख ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्काे साेमबारकाे बैठकले कतारका अमिरकाे भ्रमणको स्वागत गर्दै  सार्वजनिक विदा दिने निर्णय गरेकाे प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । उहाँका अनुसार भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने निर्णय गरिएको हाे ।

बैठकले गरेका निर्णयहरू

१. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने ।
२. विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने ।
३. कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने ।
४. अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।

निर्णय.01.10