अमेरिका भ्रमण सफल : अर्थमन्त्री पुन

मूलखबर संवाददाता
काठमाडौं, बैसाख २०८१

अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिका भ्रमण लक्ष्यमा सफल भएको बताउनुभएको छ । अमेरिका भ्रमणबाट स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरू नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको पनि बताउनुभएको छ ।

वासिङ्टन डिसीमा आयोजित विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर फर्किनुभएका अर्थमन्त्री पुनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै आफ्नो भ्रमण सफल भएको बताउनुभयो । अमेरिकाको सरकार, निजी क्षेत्र तथा विकास साझेदारहरूले नेपालसँग थप सहकार्य तथा विकास परियोजनामा लगानी गर्न चाहिरहेको उहाँको भनाइ छ ।

“समग्रमा यो भ्रमण सफल भएको छ । अमेरिकी सरकारी अधिकारी र मिलेनियन च्यालेञ्ज कर्पोरेसन ९एमसिसी०का पदाधिकारीसँग पनि छलफल भयो । उहाँहरूले अमेरिकी सरकार नेपालसँग काम गर्न इच्छुक र विगतभन्दा अझ बढी नजिक रहेर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “अहिलेको सरकारसँग त्यहाँको सरकार, विकास साझेदार तथा निजी क्षेत्र काम गर्न इच्छुक देखिएको छ । लगानी सम्मेलनमा त्यहाँका उद्योगी व्यवसायीको निकै आकर्षण देखिएको छ ।” निजी क्षेत्रतर्फ कोकाकोला, मेटा, डिज्नील्याण्डलगायत कम्पनीसँग छलफल भएको र ती कम्पनीले पनि नेपालले थप लगानी गर्न चाहेको अर्थमन्त्री पुनले बताउनुभयो ।

एमसिसीको अनुदान सहयोगमा मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्ट विकास समिति ९एमसीए–नेपाल०ले विद्युत् प्रसारण लाइन र सडक आयोजना निर्माण गरिरहेकामा ती आयोजना तोकिएको समयभित्रै सम्पन्न हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । एमसीए–नेपालअन्तर्गतका परियोजना निर्माणका क्रममा सुरुमा एमसिसीको अनुदान सहयोग खर्च गर्ने र बाँकी रहेका काममा नेपालले खर्च गर्नेगरी काम भइरहेको पनि उहाँको भनाइ छ ।

चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री पुन सोमबार अमेरिका प्रस्थान गर्नुभएको थियो । यो भ्रमणका क्रममा विभिन्न १९ वटा औपचारिक एवं अनौपचारिक कार्यक्रममा अर्थमन्त्री पुनले सहभागिता जनाउनुभएको थियो ।