बाबुरामका प्रचार विभाग प्रमुख विश्वदिप माओवादीमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, ३ बैसाख २०८१

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका दाहिने हातकाे रूपमा परिचित नेता विश्वदीप पाण्डेले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय निकट रहेर काम गरेका पाण्डे सोमबार पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

उनलाई प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री प्रचण्डले पाण्डेलाई पार्टी प्रवेश गराउनुभएकाे हाे ।

बाबुराम भट्टराइको स्वकीय सचिव भएर लामो समय काम गरेका उनी नेसपाको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख थिए ।

सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले दुई वटा स्टाटस लेखेर पार्टी छाडेको र माओवादी प्रवेश गरेको जनाएका छन् ।

पहिलो स्टाट्समा उनले पार्टी छाडेको घोषणा गरेका छन् भने प्रचण्डले स्वागत गरेको फोटो सहितको अर्को स्टाटसमा पुरानै घर फर्किएको र वाम एकता अहिलेको आवश्यकता भएको उल्लेख गरेका  छन् ।