कांग्रेस र राप्रपाद्वारा संसद बैठक अवरुद्ध, समझदारी पालना गर्न सभामुखको रुलीङ

मूलखबर संवाददाता
काठमाडौं

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले संसद बैठक अबरुद्ध गरेका छन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको आइतबारको बैठक शुरुवातमै अवरुद्ध गरेका छन् । आइतबार बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति पालना गर्न रुलीङ गरेपनि उनीहरुले नमानी संसद बैठक अवरुद्ध गरेका एक सांसदले बताए ।

सभामुखले भने–‘माननीय सदस्यहरूलाई अहिले भर्खर मात्र भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका समझदारीको बारेमा ध्यान आकर्षण गर्न चाहन्छु । आज हामी जरुरी विषयमा मात्र प्रवेश गर्ने कुरामा यहाँहरू जानकार हुनुहुन्छ । त्यहाँ हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौँ रु त्यसले गर्दा यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहोऊँ । जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौँ । त्यसका लागि आसनग्रहण गर्न आग्रह गर्दछु ।’

सभामुखले आजको बैठकको कार्यसूचीमा रहेको क्रम सङ्ख्या १ देखि ७ सम्मको कार्यक्रम सूचीबाट हटाएका छन् ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा गृहमनत्रीले राजीनामा दिनुपर्ने अन्यथा छानवीनको लािग संसदीय सििमत बनाउनुपर्ने माग राख्दै आएको छ । राष्ट्रिय सवतन्त्र पार्टीले भने संसदीय सििमतको माग असान्दभीृक भएको भन्दै तयसलार्य अस्वीकार गर्दै आएको छ भने प्रधानमन्त्रीले अहिले संसदीय छानविन समिति आवश्यक नभएको बताउँदै आउनुभएको छ ।