सभ्य सडक संस्कार नै सडक दुर्घटना न्यूनीकरणकाे आधार हो: गृहमन्त्री लामिछाने

मूलखबर संवाददाता
काठमाडौं

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सभ्य सडकको संस्कार नै दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताउनुभएको छ । ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

काठमाडौँको न्युरोड गेटबाट सुरु भएको र्‍यालीमा सहभागी भई मन्त्री लामिछानेले अभियानको सुरुवात गर्नु भएको छ। काठमाडौँको सभागृहमा आयोजित कार्यक्रममा मन्त्री लामिछानेले अभियानको उद्घाटन पनि गर्नुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित अभियान एक सातासम्म सञ्चालन हुनेछ।

सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले जानकारी दिनुभयो । अभियानका क्रममा पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट समय दिइएको थियो ।

सार्वजनिक यातायात सुधारका लागि पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीहरूले माग गरेका थिए । अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्न काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनीता डङ्गोलको बताउनुभयो ।