२०८१ सालको राशीफल कस्तो छ ?

मूलखबर संवाददाता
काठमाडौं, १ बैसाख २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ फलदायी वर्ष रहेको छ । शनि,बृहस्पति तथा केतु प्रमुख ग्रहका रुपमा शुभ फलदायी भावमा रहेकाले नयाँ कार्यको शुभारम्भ हुने संकेत रहेको छ । अनैतिक तथा राज्यलाई ठगी गरेर कमाएका धन–सम्पत्ति घरमा भित्र्याउनेहरूका लागि गुरुको घरमा बसेका राहुले बर्षभरि कष्टकर र मुद्दा मामिलाको झमेलामा पर्नेछन् । सवारीसाधनबाट सोचेअनुसार फाईदाको योग बर्षभरि नै देखिएको छैन । वैदेशिक क्षेत्रका काम बन्नुका साथै पदोन्नति तथा स्थानान्तरणको योग देखिएको छ बैसाख, अषाढ, भदौ, पुष तथा फागुनमा शुभ रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्य फलदायी वर्ष रहेको छ । कानुनी झैझमेलामा परेर लामो समयदेखि रोकिएका हरुको कार्यमा विजयी हुने शुभ योग परेको छ। शनि र केतुको षडाष्टक योग बनेकाले शरीरमा जटिल खाले रोगको भय रहने छ। लामो समयदेखि गर्दै आएका व्यवसायहरु अचानक परिवर्तन गर्नुपर्ने सम्भावना देखिन्छ ।बृहस्पति तथा केतुको नव पंञ्चम योग परेकाले शिक्षाक्षेत्र सोचेअनुसार अगाडि बढ्ने योग रहेको छ। सन्तान बाधाक योग हुनेहरुका लागि बैसाख १७ देखि बाधा–अर्चन हट्नेछन्।श्रावण, आश्विन, मंसिर र फागुन बिशेष फलदायी रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यसवर्ष मिथुन राशि हुनेहरुका लागि भाग्योदयको वर्ष रहनेछ । शत्रुमाथि विजय प्राप्तिको योग रहेको छ ।वैदेशिक क्षेत्रमा सोचेअनुसार लाभ र सफलताको योग रहेको छ । राहु तथा केतु ग्रहका कारण विशेष गरी स्वास्थ्य सम्बन्धी समस्यामा धन हानिको योग परेकाले भैरवको पूजा तथा दर्शन गरेमा शुभ हुनेछ । खर्च गरेर शत्रुलाई दबाउनु पर्ने छ । सन्तान बाधाका योगले वर्षभरि मनमा अशान्तिको योग बन्ने छ। वैसाख, जेठ, श्रावण, कार्तिक र फागुन महिना विशेष फलदायी रहनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बृहस्पति तथा केतु ग्रहको शुभ दृष्टि योग परेकाले सन्तान प्राप्तिका हिसाबले वर्ष फलदायी रहने छ। स्थानान्तरणका योगले गर्दा भ्रमणका हिसाबले पनि महत्त्वपूर्ण वर्षको रुपमा रहने छ। शनिको अढैया दशा र राहुको अशुभ योगका कारण संचित धनको नाश तथा मुद्दा मामिलामा फस्ने योग परेकाले राहु तथा शनिको विशेष उपाशना गरेमा वर्ष भरिनै शुभ रहने छ । धार्मिक तथा सामाजिक काममा सम्मानितको योग रहेको छ। स्वास्थ्यका हिसाबले विशेष सावधानी अपनाउनु पर्ने छ । वैदेशिक शिक्षाका लागि गरिएको लगानीले सकारात्मक फल दिने ग्रहयोग बनेको छ । वैशाख, श्रावण, आश्विन, मंसिर माघ र चैत महिना महत्त्वपूर्ण कार्यका लागि उत्तम महिना रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वर्ष प्रारम्भबाटै बृहस्पति,शनि,राहु ग्रहको अशुभ प्रभाव रहनाले आर्थिक,सामाजिक,पारिवारिक र राजनैतिक रुपमा केही चुनौतिको सामना गर्नु पर्ने योग रहेको छ । कानुनी रुपमा भने सोचेअनुसारको सफलताका योग रहेछ छ। वैदेशिक यात्रा र विदेशमा बस्ने हरुका लागि यो बर्ष महत्त्वपूर्ण वर्षका रुपमा रहने छ । सवारीसाधन तथा फलाममा लगानी गर्ने हरुका लागि भने वर्ष सामान्य रहने छ।पारिवारिक झमेलाबाट सावधानी अपनाउनु नै राम्रो रहने छ । नयाँ पारिवारिक सम्बन्धमा वैमनस्य तथा नकारात्मक भावना उत्पन्न हुनसक्ने भएकाले विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ । वैसाख, जेठ, भदै, कार्तिक, पुष र फागुन महिना विशेष फलदायी महिनाका रुपमा रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ फलदायी भावमा बृहस्पति र शनिको युक्तिले वर्ष बिशेष फलदायी रहने छ। पठनपाठनमा महत्वपूर्ण वर्ष रहनेछ । लामो समयदेखि आर्थिक मन्दिको चपेटामा परेकाले यो वर्ष केही राहत मिल्ने छ।व्यवसायीक वैदेशिक यात्राबाट सोचेअनुसा उठाउन सफल भएता पनि राहु ग्रहको अशुभ योगले विशेष सावधानी अपनाउनु पर्ने छ । विश्वास गरेकाहरुबाट धोका हुने भएकोले गोप्यरुमा कार्य गरेमा कार्यसफलताका योग बनिरहने छ । नयाँ कार्यको थालनी गर्दा विशेष लाभ मिल्ने छ । जेठ, असार, आश्विन, मंसिर, माघ र चैत महिना विशेष फलदायी महिनाका रुपमा रहनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुनेहरुका लागि मध्यम फलदायी वर्षका रुपमा रहेको छ । राहुको शुभ योग वर्षभरि परेकाले पशु चौपाय तथा कृषिजन्य लगानीमा सोचेअनुसार सफलता मिल्ने छ । अकस्मात् धन प्राप्तिका योग बनेकाले यो बर्ष आर्थिक रुपमा निक्कै फलदायी रहने देखिएको छ । बृहस्पति अशुभ भावमा रहनाले अचानक स्वास्थ्यमा समस्या तथा पारिवारिक झमेलाको सामाना भने वर्ष भरि नै परिरहने छ । शिक्षाका हिसाबले सन्तानलाई घरभन्दा टाढा राखेमा पढाइमा सोचेअनुसार सफलता मिल्ने छ । पारिवारिक धार्मिक भ्रमणका योग रहेकाले धन शुद्धिका लागि पनि विशेष शुभ रहनेछ । वैशाख, असार, श्रावण, भदौ, मंसिर, माघ र फागुन महिना विशेष महत्वपूर्ण रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि हुनेहरुका लागि बृहस्पति र केतु ग्रहको नवपंचम योग परेकाले विशेष फलदायी वर्षका रुपमा रहने छ। सामाजिक तथा राजनैतिक क्षेत्रमा सफलता र सम्मानित योग रहेको छ । नयाँ कार्यको थालनी र घरमा नयाँ सन्तानको आगमन वर्षका रुपमा रहने संकेत देखिएको छ । नयाँ सवारीसाधन र गृह निर्माणमा सोचेअनुसार सहयोग प्राप्तिको योग रहेको छ । शनिको अढैया दशाको प्रभाव वर्षभरि परिरहने भएकोले विशेष सावधानी अपनाउदै शनिको उपाशना गरेमा नकारात्मक फलबाट जोगिन सकिने छ । धार्मिक भ्रमणका योग रहेकोले यात्रा फलदायी रहने छ । वैदेशिक यात्राको तयारीमा रहेकाहरुलाई भने शनि ग्रहले केही ढिला गरी परिणाम दिने ग्रहयोग परेको छ । घरमा मांगलिक कार्य शुभारम्भ हुने छन् । जेठ, श्रावण, भदौ, आश्विन, मंसिर, माघ तथा चैत महिना कार्य सफलताका लागि विशेष फलदायी रहनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ग्रह गोचरका हिसाबले धनु राशि हुनेहरुका लागि वर्ष मध्यम रहेको छ । शनिको वक्रदृष्टि शिक्षा शैक्षिक क्षेत्रमा निरन्तर परिरहेकाले परिश्रम गरेरमात्र सफलता मिल्ने संकेत देखिएको छ । पेशा परिवर्तनका योग रहेकोले नयाँ कार्यको थालनी गर्दा कार्य सिद्धि र सफलता दुवै मिल्ने छ । देवगुरु बृहस्पतिको गोचर अशुभ भावमा परेकाले झुक्याउने प्रवृत्ति दोहोरिने योग परेकाले वगला मुखि माताको उपाशना तथा साधना गरेमा शत्रुलाई थिच्न र दबाउन सकिने छ । लामो समयदेखि रोकिएका कार्यहरू थालनी गर्ने मौका मिल्ने योग रहेको छ । वर्षभरि शुद्ध भोजन ग्रहण गरेमा बृहस्पति बलियो भई वाक्–सिद्धि हुने छ । व्यवसायिक र आर्थिक हिसाबले वर्ष मध्यम फलदायी रहने छ ।वैशाख, असार, भदौ, आश्विन, कार्तिक, पुष र फागुन महिना विशेष फलदायी महिनाका रुपमा रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राशि स्वामी शनि ग्रह भएकोले मकर राशिमा जन्मिएका जातकहरुको भाग्यरेखामा राजयोग परिरहने समय रहेको छ । आफु लागि परेर गरिएका हरेक कार्यमा सफलता मिल्ने योग रहेको छ । शनिको अन्त्य साढेसाति दशा चलेकाले झूटा आरोप लाग्ने,सञ्चित धनको नाश गराउने हुँदा शनिको विशेष आराधना र उपाशना गरेमा शुभ फलमा वृद्धि हुने छ । लामो समयदेखिको स्वस्थ्य समस्या निको हुने छ । जग्गा जमिनमा गरिएको लगानीबाट लाभ मिल्ने योग रहेको छ । वैसाख, जेठ, श्रावण, आश्विन, मंसिर, माघ र चैत महिना विशेष कार्य सिद्धिको महिना रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य फलदायी वर्षका रुपमा रहेको छ । मध्य शनि साढेसाती दशाका कारण कार्यमा रोकावट,पदोन्नतिमा ढिलासुस्ती संचित धनको नाश जस्ता कारणले अशान्तिको अनुभूति हुनेछ । वैदेशिक क्षेत्रबाट सोचेअनुसार सफलता मिल्ने छ घरमा मांगलिक कार्य खुल्नेछन् । प्रमुख मानिने बृहस्पति,राहु तथा केतु ग्रहको फलादेश अशुभ रहेकाले भैरव तथा शनिको आराधना गरेमा नकारात्मक फलबाट बच्न सकिने छ । नयाँ कार्य थालनीको योग रहेकाले फलाम बाहेक अन्य व्यवसायमा गरिएका लगानीले सोचेअनुसार सफलता दिलाउने छ । वैवाहिक जीवन सामान्य रहने छ । समग्रमा यो बर्ष मिश्रित फलदायी वर्षका रुपमा रहने छ । वैशाख, जेठ, असाढ, भदौ, कार्तिक र पुष महिना शुभ फलदायी रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिमा जन्मिएका जातकहरुका लागि वर्ष सामान्य फलदायी रहने छ । पठनपाठनमा सफलता मिल्ने छ । भूमिवाहानको पूर्ण सुख भोग गर्ने योग रहेको छ । जागिरमा पदोन्नति तथा नयाँ जागिर प्राप्तिको संकेत देखिएको छ । आध्य साढेसाती शनि दशा चलिरहेकाले चोटपटक,झुट्टा आरोप लाग्नुका साथै संचित धनको नोक्सान जस्ता अशुभ योग परेकाले शनिदेवको विशेष पुजा तथा आराधना गरेमा नकारात्मक फलबाट जोगिन सकिने छ ।अदालति झैझमेलाबाट पूर्णरुपमा सफलताको योग देखिएको छ । नयाँ गृह प्रवेशको योग रहेकाले वर्षको अन्त्यमा विशेष फलदायी रहने छ । जेठ, श्रावण, आश्विन, मंसिर र माघ महिना विशेष फलदायी रहने छ ।