सत्यनिरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न बन्यो सिफारिस समिति

मूलखबर संवाददाता
काठमाडौं, ३० चैत ।

शान्ति प्रक्रियाको महत्वपूर्ण अंग बनेको सत्य निरुपण तथा मेल मिलाप आयोग र नागरिक वेपत्ता छानविन आयोगमा पदाधिकारी नियुक्त गर्न सरकराले एक सिफरिस समिति बनाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारद्वारा गठित समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा छन् ।