खानीखोला–१ कोठे दयागाउँमा बृहत् खानेपानी आयाेजना निर्माण शुरू

मूलखबर संवाददाता
काभ्रे, २० चैत

काभ्रेको डाँडापारीकाे नामले चिनिने खानीखोला गाउँपालिका–१ कोठे दयागाउँमा बृहत् खानेपानी आयाेजना निर्माण हुने भएको छ ।

खानीखोला १ को कोठे दयागाउँमा संघीय सरकारकाे करिब ३ कराेडकाे लागतमा निर्माण हुने कोठे दायाँगाउँ बृहत खानेपानी आयोजनाको शनिबार पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सुर्यमान दोङ (लालध्वज) ले शिलान्यास गरेका हुन्।

पानीका पुराना मुहान सुक्दै गएपछि खानेपानीको अभाव भोगिरहेका बासिन्दाहरु आयोजना बन्ने भएपछि खुसी छन्। आयोजनाबाट १ सय ६८ घरधुरी प्रत्यक्ष लावान्भित हुने तथ्याङक रहेको छ।

पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)ले कोठे दायाँगाउँ बृहत् खानेपानी आयोजना महत्वर्ण आयोजना भएकोले निर्माण कम्पनीले काममा कुनै हेलचेक्राइँ र ढिलासुस्ती नगरी समयमै पारदर्शी ढंगले काम सम्पन्न गर्न आग्रह गरेका छन् ।  दोङले आयोजनामा कुनै समस्या भएको खण्डमा आफु सहयोग गर्न तयार रहेको बताए ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले आयाेजनाले जनताको खानेपानीकाे समस्या समाधान हुने बताए । उनले भने – ‘चुनावमा गरिएको खानीखोला गाउँपालिकामा एक घर एक धारा भन्ने प्रतिवद्धता अनुरुप आयोजना अघि बढेको छ। आयोजना पुरा गरेपछि खानेपानीकाे समस्या समाधान हुनेछ’ ।

संघीय सरकारको विषेश अनुदानमा २ करोड ७६ लाख ८५ हजार लागतको आयोजना अघि बढेको हो। २०८२ असार १५ गतेमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो। बिजय स्ट्रक्चर प्रा.लि.ले आयोजनाको ठेक्का पाएको छ। आयोजनाको कामले तिव्रता पाउने ठेकेदार कम्पनीका बिजय लामाले बताए।

  कार्यक्रममा प्रमुख अतिथि  पुर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङ (लालध्वाज)सहित  विशेष अतिथी खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दैबलाल घिसिङ, मिना पाख्रिन , होम बहादुर खुलाल, राजन अधिकारी, सृर्जना थिङ, अनामोल आचार्य ,वडा अध्यक्षहरु निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, सागर जिम्बा, सन्चमान थिङ लगाएतको उपस्थिति रहेकाे थियाे ।