
लचिलाे बन्याे कांग्रेस, संसद चल्न दिने, रविलाई राेष्ट्रममा बाेल्न नदिने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो समय लचिलाे बन्दै गएको छ । गृहमन्त्री रवी लामिछानेले राजिनामा नदिएसम्म संसद चल्न नदिने भन्दै संसदीय समिति निर्माणकाे मागसहित आक्रामक रूपमा अगाडि बढेको कांग्रेस लचिलाे बनेकाे हाे ।
आइतबारकाे बैठक अवरुद्ध हुन सक्ने आशंकाका बीच कांग्रेसले बैठक अबरुद्ध गरेन । उसले रविलाई राेष्ट्रममा बाेल्न नदिने भन्ने विषय राखेर संसद चल्न दिएकाे छ ।
संसदीय छानबिन समिति गठनको माग उठिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग सभापति देउवाको संवाद पनि एकाएक बढेको छ । अर्कोतर्फ देउवानिकट नेताहरूले रास्वपाका नेताहरूसँग संवाद गरिरहेका छन् । ‘कांग्रेसभित्र एक थरी यो मुद्दालाई छाड्नै हुन्न भन्ने मत छ । यसमा शेखर कोइराला र गगन थापा एकै ठाउँमा छन्,’ संस्थापनपक्षीय एक नेताले भने, ‘तर सभापतिकै निर्देशनमा कांग्रेस र रास्वपाबीच पनि संवाद भइरहेको छ, फलस्वरुप कांग्रेस लचिलो भएको हो । कांग्रेस संसद्मा बोल्छ, तर अवरोध गर्दैन । अबको बाटो त्यही हो ।’
