
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ चिनमा राजनीतिक भेटघाटमा व्यस्त
चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक भेटघाट गरिरहेका छन् ।
श्रेष्ठले शुक्रबार ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत क्षेत्रीय स्वायत्त समिति सचिव वाङ जुङझेङसँग भेटवार्ता गरेका छन् । उनले यसअघि नै बेइजिङमा द्विपक्षीय भ्रमण पूरा गरिसकेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठको नेपालमा पनि महत्वपूर्ण काम नभएकोले चीनको लामो भ्रमणमा रहेको परराष्ट्रका एक अधिकारीले बताए । उनका अनुसार लगानी सम्मेलनलाई गर्नुपर्ने महत्वपूर्ण कामको तयारीमा अर्थमन्त्री वर्षमान पुनले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विदेशस्थित नियोगहरुसँग समन्वय गरिरहेका छन् । त्यहीअनुसार अर्थमन्त्री पुनले विदेशी नियोगहरुसँग शुक्रबार लगानी सम्मेलनलाई लिएर कार्यक्रम गरेका थिए । याे समाचार कान्तिपुरमा छ ।
