स्नातक तहका सबै प्रश्न नेपाली र अंग्रेजी भाषामा बनाउने त्रिविको निर्णय, झिनाे विराेध

मूलखबर संवाददाता
काठमाडौं, १६ चैत

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहका सबै संकायकाे प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउने निर्णय गरेको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले यस अघिकाे अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउने व्यवस्थालाई परिवर्तन गर्दै अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको हाे ।

परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको रजिस्ट्रारकाे कार्यलयले जनाएको छ ।

याे निर्णयलाई सामाजिक सञ्जालमा बहुसंख्यकहरूकाे समर्थन देखिएको छ भने केही प्राध्यापक र विद्यार्थीहरूकाे भने अनावश्यक निर्णय भन्दै विराेध गरेको देखिएको छ । विराेध गर्नेहरूले याे निर्णयले त्रिविको लज्जावाेध हुने र भइरहेको स्टायण्डर्डमा गिरावट आउने टिप्पणी गरेका छन् ।