महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ: प्रधानमन्त्री ‘प्रचण्ड’

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ।

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो: प्रधानमन्त्री

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रवार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ‘प्रचण्ड’ले महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक, आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन नसकिने बताउनु भयो ।
उहाँले महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो ।