कर्णाली पुलबाट हामफालेर वेपत्ता लोकेन्द्रको शव भेटियो

मूलखबर संवाददाता
काठमाडौं, १५ चैत

फागु पुर्णीमाको दिन होली खेलेर चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर वेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । सोमबार दिउँसोदेखि बेपत्ता भएका शाहीको शव तीन दिनपछि आज भेटिएको प्रहरीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको शव टीकापुर स्थित सनकट्टी घाटमा भेटिएको प्रहरीले जनाएको छ । होलीको दिन रमाइलो गर्ने क्रममा कर्णाली पुलबाट हाम फालेका १७ युवामध्ये उनी वेपत्ता भएका थिए । १६ औ. नम्बरमा हाम फालेका शाही नदीमा पुगेको केही सेकेण्डमै डुबेर वेपत्ता भएका थिए भने अन्य १६ जना पौडेर नदी पार गर्न सफल भएका थिए ।