
यात्रा गर्दै हुनुहुन्छ ? यस्तो त आजको माैसम
हिउँदभरी पानी नपरेर लामाे समयदेखि खडेरीले सताएको बेला पर्न थालेकाे वर्षा अहिले देशव्यापी परिरहेको छ । कतै धेरै त कतै थाेरै पानी परेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
