
हाेली खेलेका १७ युवा कर्णाली पुलबाट हाम फाले, १ बेपत्ता
हाेली खेलेका १७ युवा कर्णाली पुलबाट हाम फालेकाेमा १ जना बेपत्ता भएका छन् ।
लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
हाेलीकाे दिन साेमबार उनीहरू एकैसाथ पालैपालाे कर्णाली नदिमा पुलबाट हाम फालेका थिए ।
घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिए पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले बताए । सेनाको गोताखोर पठाइएको भए पनि राति परेकाले खोजी हुन नसकेको र मंगलबार बिहानैदेखि खोजी हुने उनको भनाइ छ ।
प्रहरीका अनुसार १७ जनाले पुलबाट हाम फालेका थिए । उनीहरुले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । प्रहरी उपरीक्षक विष्टका अनुसार पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एक छिन फोटो खिच्छौं भनेर गएका र फटाफट पुलमाथिबाट हाम फालेका थिए ।
