स्वस्थ जीवनको सूत्रः योग किन र कसरी गर्ने, कुन समयमा गर्ने

मूलखबर संवाददाता
काठमाडौं

योगका अनगिन्ती फाइदा छन् । योगले तपाईको तौललाई कायम राख्न मद्दत मात्र गर्दैन नियमित योगाभ्यास गर्दा कैयौं स्वास्थ्य सम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

यहाँसम्म कि कतिपय मानिसले योगको मद्दतबाट कैयौं रोगहरु निको भएर औषधी खान समेत बन्द गरेका छन् । तर योगबाट त्यतिबेला मात्र लाभ पाउन सकिन्छ जब तपाईंले योग सही समयमा गर्नुहुन्छ ।

बिहान योग गर्दाका लाभ

यदी तपाईंसँग समय हुन्छ भने बिहान बिहान योगाभ्यास गर्नु एकदमै फाइदाजनक मानिन्छ । जब तपाईं बिहानको समयमा योग गर्नुहुन्छ त्यसले तपाईंको दिमाग पनि शान्त बनाउँछ । साथै तपाईंलाई दिनभर काम गर्नका लागि शक्ति पनि मिल्छ ।

बिहान योग गर्न ती व्यक्तिका लागि झनै धेरै लाभकारी मानिन्छ जसले दिनभर कामको व्यस्ततामा आफ्नो लागि समय नै निकाल्न सक्दैनन् । यस्तोमा तपाईं बिहान अलिकति चाँडो उठेर शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्न सक्नुहुन्छ ।

साँझमा योग गर्दाका फाइदा

यदी तपाईंलाई केही गरी बिहान योग गर्न समय मिल्दैन भने साँझपख योगाभ्यास गर्ने समय निकाल्न पनि सक्नुहुन्छ । साँझको समयमा योग गर्नु पनि फाइदाजनक नै मानिन्छ । किनकी यसले तपाईंको दिनभरको थकान तथा तनावलाई टाढा भगाएर आराम महसुस गराउँछ ।

जब तपाईं शारीरिक तथा मानिसिक रुपमा शान्त महसुस गर्नुहुन्छ, निद्रा पनि राम्रो लाग्छ । साँझमा योग गर्दा यति कुराको ख्याल गर्नुहोला शरीरलाई धेरै नै थकाउने तथा गाह्रो हुने खालको अभ्यास नगर्नुहोला ।

खाली पेटमा गर्नुहोस् योग

योग साँझ वा बिहान जतिबेला गरे पनि सधैं खाली पेट नै हुनुपर्छ । बिहानको समयमा त पेट खाली नै हुन्छ । तर, साँझको समयमा योग गर्दा खाना र योगको बीचमा २ घण्टा भन्दा बढिको अन्तर हुनै पर्छ । योग गरिसकेपछि पनि तुरुन्त खाना खानु राम्रो हुँदैन ।

त्यसो त योग बिहान वा साँझ जुन समयमा गर्दा पनि फाइदाजनक हुन्छ । तर समय तपाईंलाई जतिबेला सजिलो हुन्छ त्यतिबेला गर्न सक्नुहुन्छ । धेरै प्रयोगलाई हेर्दा पनि बिहानको समय नै अलि बढी राम्रो मानिदै आएको छ ।