फुसकाे छानाे हटाएर तत्काल जस्ताकाे छानाे हाल्ने व्यवस्था गरियाेस्: सांसद शर्मा

मूलखबर संवाददाता
काठमाडौं, ७ चैत

प्रतिनिधिसभा सदस्य नारायणी शर्माले फुसकाे छानाे हटाएर जस्ताकाे छानाे राख्ने काम तत्काल सम्पन्न गर्न सरकारकाे ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाकाे बिहिबारकाे बैठकमा आकस्मिक समयमा धारणा राख्दै माओवादी केन्द्रकि सांसद समेत रहेकी शर्माले दाङकाे राजपुरमा भएको आगलागी र क्षतिबारे जानकारी गराउँदै फुसकाे छाना हटाएर जस्ताकाे छाना राख्ने काम प्रभावकारी हुन नसक्दा आजलागिबाट गरीब जनताले क्षति काेग्नु परेको बताएकी हुन् ।

उनले गढवा र राजपुर गाउँपालिकाका भारतसँग सिमा जाेडिएका बस्तिमा धेरै समस्या भएको बताउँदै पाेशाेर गाउँपालिकाले जस्ता दिने भनेर प्राविधिकले नापजाँच गरेको भएतापनि जस्ता नपाउँदा स्थानिय वासिन्दा निराश भएको बताइन् ।