
मिटरब्याज पीडितकाे समस्या समाधान गर्न समिति बनाउने निर्णय
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न समिति बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले समितिको कार्यविधि बनाएर समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मिटरब्याज पीडितको समस्या समाधान गर्न समिति बनाउने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘समितिको कार्यविधि बनाएपछि समिति गठन हुने छ ।’
फागुन २९ मा सरकार र मिटरब्याज पीडितबीच समस्या समाधान गर्न चार बुँदे सहमति भएको थियो । सहमतिमा आयोग गठन गर्ने भनिए पनि समिति बनाएर समस्या हल गर्ने निर्णय गरिएको हो ।
सहमतिमा ‘जाँचबुझ आयोग ऐन, २०२६’ बमोजिम तीन महिनाभित्रमा सरकारसमक्ष प्रतिवेदन पेस गर्ने गरी तीन सदस्यीय आयोग गठन गर्ने सहमति भएको थियो । यसअघिको आयोगले प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाा उजुरीमाथि पुनः जाँचबुझ गर्ने सहमति भएको थियो ।
