
माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जानकारी केन्द्रीय कार्यलयले दिएको छ ।
अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि हुन लागेकाे पदाधिकारी बैठकमा महरालाई पक्राउ प्रकरणबारे पार्टीको धारणासहित पार्टीको आगामी याेजनाका विषयमा छलफल गर्ने विषय हुन सक्ने सचिव गणेश शाहले बताउनुभयो ।
