भुँडी बढ्ला कि भनेर भात खान डराउनु हुन्छ? पीर नगर्नुस् भातका फाइदा पनि थुप्रै छन्

मूलखबर संवाददाता
काठमाडौं

कतिपय मान्छेहरु मोटोपन बढेपछि भात खान छोड्छन् किन भने उनीहरु ठान्छन् कि भातले मोटो पनि बढाउँछ ।

तर अमेरिकाको हेल्थ एण्ड न्यूट्रिशन एक्जामिनेशन सर्वे (एनएचएएनईएस) ले गरेको अध्यनले भात खाँदा स्वास्थ्यका लागि धेरै फाइदा हुने देखाएको छ ।

भात पोषक तत्वले भरिपूर्ण रहेको र यसले मोटो पन घटाउन पनि मद्धत गर्छ ।

शोधकर्ताहरुले २००५ देखि २०१० सम्म १४ हजार ३ सय ८६ अमेरिकीमाथि अध्यन गरेर यो निष्कर्ष निकालेका हुन् ।

प्रमुख शोधकर्ता थेरेसा नकलसका अनुसार भातमा पोटाशियम म्यग्नेशियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्व अधिक मात्रामा हुन्छ भने सैचुरेटेड फ्याट्स र शुगर कम मात्रा मात्रामा हुन्छ ।

यसैकारण भात तौल घटाउनका लागि निक्कै फाइदाजनक मानिन्छ ।

भातको साथमा फल साग सब्जी र गेडागुडी पनि खाँदा शरीर फिट राख्न सहज हुने शोधकर्ताको भनाइ छ ।

भातले पेट भरिएको आभास छिटो दिने हुँदा पनि अधिक खाना खानबाट बचाउने शोधकर्ताको तर्क छ ।

यदी तपाईलाई यो स्वास्थ्यसम्बन्धी टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई (mulkhabar.com वा हाम्रो फेसबुक पेज -https://www.facebook.com/Mulkhabar) फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।