बागलुङमा बस दुर्घटना : ७ को मृत्यु, २५ घाइते

मूलखबर संवाददाता
बागलुङ, ५ चैत

मध्येपहाडि लाेकमार्ग अन्तरगत बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटनामा परी ७ जनाको ज्यान गएको छ। साे दुर्घटनामा २५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको हाे।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज (सोमवार) साँझ बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको र उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् । लाेकमार्गमा भएको दुर्घटनामा याे ठूलाे मानविय क्षतिसहितकाे दुर्घटना भएको प्रहरीले बताएको छ ।