तीन दिनको मौसमी प्रक्षेपण

मूलखबर संवाददाता
काठमाडौं

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले मधेश र कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मंगलबार पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । मधेश र बागमती प्रदेशका केही स्थान तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।